हिमालयन बैंकले ८ प्रतिशत बोनस सेयर दिने
मङ्गलबार, ०५ पुस २०७९, १२ : ०६
हिमालयन बैंक लिमिटेडले आफ्ना सेयर लगानीकर्ताहरूलाई ८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको ४२७औं सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले आफ्ना लगानीकर्तालाई गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको हो । यो प्रस्ताव बैंकको आगामी वार्षिक साधारण सभाबाट र नेपाल राष्ट्र बैंकबाट पारित हुनुपर्ने छ ।
कम्पनीले गत आर्थिक वर्ष २१.३८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यस्तै, ४.६२ प्रतिशत नगद लाभांस वितरण गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष कम्पनीको बोनस सेयर १२ प्रतिशतले खुम्चिएको हो । यस्तै, नगद लाभांस भने ७ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु