पोखरा फाइनान्सले घोषणा गर्यो ४ प्रतिशत बोनस
मङ्गलबार, ०५ पुस २०७९, १२ : ०४
पोखरा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ४ प्रतिशत बोनस वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ४ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको हो ।
फाइनान्सको ५१२औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजी १ अर्ब ४ करोड ९ लाख १९ हजारको ४ प्रतिशत बोनस सेयर दिने भएको हो । यससँगै, कम्पनीले ४ करोड १६ लाख ३६ हजार रूपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने जनाएको छ ।
यस्तै, ०.२१ प्रतिशतका दरले हुन आउने २१ लाख ८५ हजार रुपैयाँ बराबरको नगद लाभांस समेत वितरण गर्ने जनाएको छ । यो नगद लाभांस कर प्रयोजनका लागि वितरण गरिने फाइनान्सको सञ्चालक समितिको निर्णय रहेको छ ।
कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द
-
केही सञ्चारमाध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो : अध्यक्ष बस्नेत
-
ललितपुर महानगरद्वारा पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति
-
यस्ता छन् नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर–सरकारी समिति बैठकका निर्णय
-
त्रिभुवन विश्वविद्यालयद्वारा विभिन्न २४ वटा क्याम्पसका क्याम्पस प्रमुख नियुक्त
-
सफ्टवेरिका कलेजका ४०० विद्यार्थी दीक्षित