शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

संसद् सचिवालयले शपथ खुवाउने ज्येष्ठ सांसदको टुङ्गो लगायो

मङ्गलबार, ०५ पुस २०७९, १० : ५७
मङ्गलबार, ०५ पुस २०७९

प्रतिनिधि सभामा निर्वाचित २७५ सांसदहरुमध्ये सवैभन्दा जेठो सांसद राप्रपाका पशुपति शमशेर जबरा ठहर भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित जबरा नागरिकताका आधारमा जेठो सदस्य देखिएपछि उनैले अन्य सांसदहरुलाई पुस ७ गते शपथ गराउने भएका छन् । 

‘निर्वाचित सांसदहरुको जन्म मिति भिडाएर हेर्दा सबैभन्दा जेठो सांसद पशुपति शमशेर राणा देखिनुभएको छ ।  त्यसैले उहाँलाई ज्येष्ठ सांसदका रुपमा राष्ट्रपति समक्ष सपथका लागि सिफारिस गरिएको छ’, संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले रातोपाटीलाई भने,‘उहाँले राष्ट्रपतिबाट सपथ लिएपछि अन्य माननीयहरूलाई सपथ गराउनुहुन्छ ।’ 

यसअघि महेन्द्र यादव, चित्रबहादुर केसी वा पशुपति शमशेर जवरामध्ये को ज्येष्ठ सदस्य भन्ने विवाद थियो । यो विवाद भएपछि संसद सचिवालयले निर्वाचन आयोगको रेकर्ड र नागरिकता भिडाएर ज्येष्ठ सदस्य निर्क्योल गरेको हो । 

हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा बोकेको राप्रपाका पूर्व अध्यक्ष समेत रहेका राणाले मुलुकमा गणतन्त्र स्थापनापछि गठित संसदमा निर्वाचित गणतन्त्रवादी सांसदहरुलाई समेत शपथ खुवाउने सौभाग्य पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप