बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्र रुपन्देही इन्चार्जले दिए राजीनामा

सोमबार, ०४ पुस २०७९, २१ : २५
सोमबार, ०४ पुस २०७९

नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज एवं मुस्लिम मुक्ति मोर्चाका इन्चार्ज हकिकुल्ला खाँनले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका खाँनले रुपन्देहीमा पार्टीको अवस्था अत्यन्त कमजोर भएको र गएको निर्वाचनमा माओवादीका उम्मेदवारहरूलाई विजयी गराउन नसकेको भन्दै राजीनामा दिएका हुन् ।

रुपन्देहीमा एक जना पनि प्रत्यक्षतर्फ उम्मेदवार विजयी गराउन नसकिएको र समानुपातिकमा पनि २०७४ सालको निर्वाचनमा भन्दा निकै कम मत आएको तथा मुस्लिम कलस्टर नै कोल्याप्स भएकाले नैतिक रुपमा पार्टीको नेतृत्वमा रहिरहन नमिल्ने भएकाले आफूले पदबाट राजीनामा दिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप