दक्षिण अफ्रिकामा कार दुर्घटना : ६ जनाको मृत्यु, ४ घाइते
सोमबार, ०४ पुस २०७९, २० : १५
दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा आइतबार राति भएको कार दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
लिम्पोपो यातायात विभागले ब्यारियर लाइनलाई ओभरटेक गरेर लाइट डिलिवरी गाडीसँग ठक्कर दिँदा चार महिला र दुई पुरुषको घटनास्थलमा मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन्।
लिम्पोपोको यातायात र सामुदायिक सुरक्षाको लागि कार्यकारी परिषद् फ्लोरेन्स राडजिलानीले भनेका छन्,'यो दर्घटनाबाट हाम्रो सडक रक्तपातपूर्ण भएको छ। यो अत्यन्तै पीडादायी तर सबै सडक प्रयोगकर्ताहरूलाई सधैं सडकको नियमहरू पालना गर्ने आह्वान गर्ने समय पनि हो ।'
घटनास्थलमा कानून प्रवर्तन अधिकारीहरूले दुर्घटनाको सम्भावित कारणको रूपमा असावधानीपूर्वक सवारी चलाउने पनि प्रमुख रहेको बताएका छन् । (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असममा छापा मार्न हिँडेको प्रहरी टोलीलाई गुगल म्यापले पुर्यायो नागाल्याण्ड
-
सत्ताको अस्त्र नबनोस् सम्पत्ति शुद्धीकरण मुद्दा !
-
कपालमा चाया परे कसरी स्याहार गर्ने ?
-
रुसले गरेको पछिल्लो हमलामा आफ्ना १३ नागरिक मारिएको युक्रेनको दाबी
-
श्रीलङ्का भ्रमणका लागि अस्ट्रेलियन टोलीको घोषणा, कमिन्सको अनुपस्थितिमा स्मिथ कप्तान
-
‘सत्ताधारीले अहिले कसैलाई टार्गेट गरेमा अर्को पनि सरकार आउँछ’