आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

होप्पील्याण्डमा सिमुलेसन विज्ञान प्रदर्शनी शुरु

सोमबार, ०४ पुस २०७९, १९ : ३६
सोमबार, ०४ पुस २०७९

बालबालिका तथा विद्यार्थी लक्षित ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ काठमाडौंमा सुरु भएको छ । सिमुलेसन साइन्स सेन्टरको आयोजनमा होप्पील्याण्ड एमुजमेन्ट पार्कमा पुस १ गतेदेखि सुरु भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने छ ।

होप्पील्याण्ड एमुजमेन्ट पार्कमा आयोजना गरिएको प्रदर्शनीमा बालबालिकाहरूलाई वैज्ञानिक नियम र सिद्धान्तहरूको बारेमा जानकारी गराइने उद्देश्य लिइएको आयोजकले जनाएको छ । साथै अन्तरक्रियात्मक कार्यक्रममार्फत पनि बालबालिकाहरू सहभागी हुने व्यवस्था मिलाइएको छ । प्रदर्शनीमा ग्याजेट र रोवोटिक कुराहरू प्रयोग गरिएको छ । जसलाई मेकानिकल र भौतिक विषयका विज्ञहरूको प्रशिक्षणले आगामी दिनमा बालबालिकाहरूलाई विषय बुझ्नका लागि थप सहयोग गर्ने अपेक्षा गरिएको आयोजक सिमुलेसन साइन्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुदन बस्नेतले बताए ।

‘यस प्रदर्शनी विद्यार्थी तथा बालबालिकाका लागि अन्त्यन्तै लाभदायीक छ,’ उनले भने, ‘प्रदर्शनीमा भाग लिनुहुने सबैको बौद्धिक विकास हुनेमा हामी विश्वस्त छौं । एउटै मूल्यमा साइन्स पार्क र एमुजमेन्ट पार्कको फाइदा लिने अवसर पनि हो ।  त्यसैले अभिभावकले आफ्ना बालबालिकालाई सो प्रदर्शनीमा लिएर जान हामी अनुरोध गर्दछौं’ कार्यकारी अधिकृत बस्नेतले भने ।

यसका साथै उक्त प्रदर्शनीमा सहभागीले होप्पील्याण्ड एमुजमेन्टमा रहेका सम्पूर्ण मनोरञ्जनात्मक क्रियाकलापहरू तथा जुरासिक सफारीमा  भाग लिन पाउने छन् । प्रदर्शीमा डाइनोसरको बारेमा जानकारी गराउँदै बालिबालिकालाई त्यसैबाट बोटिङ गर्दा थप अध्ययन गर्ने अवसर समेत पाउने आयोजक बस्नेतले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप