शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

खोटाङको बाक्सिला बजारमा भीषण आगलागी

सोमबार, ०४ पुस २०७९, १९ : १५
सोमबार, ०४ पुस २०७९

खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा भीषण आगलागी सुरु भएको छ । सोमबार साँझ बाक्सिला बजारमा आगलागी सुरु भएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले बताए ।

आगलागीमा दिपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, शुभराज राईको घर जलेको छ । आगो फैलिन नदिन अहिले जेसिभि र स्काभेटर प्रयोग गरेर अकबर राईको घर भत्काउने काम भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप