यस्तो छ प्रचण्डको नयाँ निवास (फोटो)
काठमाडौँ । ललितपुरको रिङ्गरोडमा रहेको चापागाउँ दोबाटोबाट दक्षिण– पूर्वतर्फ खुमलटार रहेको छ । रिङरोडबाट करिब २ किलोमिटर हिँडेपछि खुमलटार–१५ मा साङपाङ चोक भन्ने ठाउँ पुगिन्छ ।
चोकबाट देब्रेतर्फ एउटा सानो बाटो रहेको छ । त्यही बाटोमा करिब २ सय मिटर अघि बढेपछि एउटा पहेँलो घर भेटिन्छ । त्यो घर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नयाँ निवास हो ।
पुत्र प्रकाश दाहालको असामयीक निधनपछि यही महिनादेखि प्रचण्ड लाजिम्पाटस्थित पूरानो डेरा छाडेर नयाँ घरमा आफ्नो परिवारसहित सरेका हुन् ।
उक्त घर व्यवसायी शारदा अधिकारीको हो । प्रचण्डले घर भाडामा लिएको उनको सचिवालयले जानकारी दिएको छ ।
यसअघि लाजिम्पाटमा सर्वहारा वर्गको पार्टीको नेता भएर भव्य ‘महल’मा बसेको भन्दै प्रचण्डको खुबै आलोचना भएको थियो । ‘स्वीमिङ पुलदेखि यस्ता–यस्ता सुविधा छन् रे !’ भन्ने व्यापक हल्ला नै चलेको थियो ।
प्रचण्डको अहिलेको नयाँ निवास भने साढे दुई तल्लाको रहेको छ । बाहिरबाट हेर्दा घर पूरानो देखिन्छ । लामो समयदेखि रंग गरिएको छैन ।
घरको तल्लो तलामा भेटघाट र बैठकका लागि हल र कक्षहरु रहेका छन् भने परिवारहरु बस्नका लागि माथिल्लो तल्ला प्रयोग गरिएको छ ।
घरको कम्पाउन्डको दाहिने तिर सुरक्षाकर्मीलाई बस्ने व्यवस्ता गरिएको छ भने सँगै रहेको खाली जग्गा पनि लिजमा लिइएको छ । त्यहाँ गाडीहरु पार्किङ गर्ने बनाइएको छ ।
प्रचण्डको विहान व्यायाम गर्ने र खेलकुदमा सहभागी हुने बानी रहेको छ । त्यही भएर त्यहाँ टेबलटेनिस खेल्ने बोर्ड पनि बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिनी संसद्को दुःख : एकातिर विधेयकको थुप्रो, अर्कातिर कोरम नपुगेर बैठक बस्नै समस्या
-
विपद् व्यवस्थापन बारे बागमती सरकार र प्राधिकरण बिच छलफल
-
कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ
-
गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?
-
संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु
-
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता