बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सरकारमा नजाने भनेर रिजिट भएर बस्नुहुँदैन : रवि लामिछाने

सोमबार, ०४ पुस २०७९, १७ : २१
सोमबार, ०४ पुस २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने विषयमा रिजिट भएर बस्न मिल्ने बताएका छन् । संसदीय दलको नेता चयन गर्ने बैठकमा बुढानिलकण्ठमा बोल्दै लामिछानेले परिस्थिति हेरेर सरकारमा जाने विषयमा निर्णय गरिने बताए । 

‘हामी सरकारमा जाँदै जाँदैनौं वा जान हुँदैन भनेर रिजिट भएर बस्न हुँदैन । त्यो फेरि सरासर गलत हुन्छ’ लामिछानेको भनाई उदृढ गर्दै एक सांसदले भने,‘अहिलेको व्यवस्था र संसदीय अंकगणितमा हाम्रो पार्टी निर्णाक छ । हाम्रा कारणले सरकार नबन्ने स्थिति भएमा समर्थन गरेर सरकारमा जाने हुन सक्छ ।’ अहिलेको संसदलाई पुरा कार्यकाल चल्नेगरी पार्टीको तर्फबाट सरकारमा जानु परेमा जान सकिने लामिछानेले बताए । सरकारमा जान वा नजाने पुराना दलको निर्णयमा भर पर्ने बताए । यदि हामी सरकारमा गएमा  निर्सत नजाने उनले स्पष्ट पारेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप