राष्ट्रिय स्वतन्त्र पार्टीको आवासीय बैठक : जथाभाबी नबोल्न लामिछानेको निर्देशन
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बुढानिलकण्ठमा आवासीय बैठक राखिएको छ । सोमबार विहानदेखि बुढानिलकण्ठको होटल पबेरामा राखिएको बैठक भोलि मात्रै सकिने भएको हो ।
संसदीय दलको नेतामा लामिछाने चयन भएपछि सांसदहरूलाई जथाभाबी नबोल्न निर्देशन दिएका छन् । ‘हामी संसदमा नयाँ पाटी हौं । सबै नयाँ सांसदपनि हौं । धेरै विषयहरू हाम्रा लागि नयाँ छन्’ लामिछानेको ब्रिफिङबारे बताउँदै एक सांसदले भने,‘तपाईहरु मिडिया लगायत सार्वजनिक ठाउँमा बोल्दा जिम्मेवार पूर्वक बोल्नुस् पदको गरिमा राखेर बोल्नुस् ।’ पार्टी र सरकारमा जाने विषयमा पार्टीको लाइन भन्दा बाहिर नबोल्न लामिछानेले निर्देशन दिएका हुन् ।
‘हाम्रो पार्टीका विषयमा धेरैलाई जिज्ञासा छ । धेरैलाई कौतुहलता छ । हामीले धेरै विषयमा व्यवस्थित गर्नुपर्ने छ’ लामिछानेले भने, ‘पार्टीले गरेको निर्णयभन्दा बाहिर मनमा लागेका नबोल्नुहोला । जति पार्टीले निर्णय भएको त्यति मात्रै बोल्नुपर्छ ।’ पार्टीमा विवाद आउने कुनैपनि विषय नउठाउन लामिछानेले निर्देशन दिएका छन् । लामिछाने नेतृत्वको पार्टीको आवासीय बैठकमा संसदीय प्रक्रिया, संसद्को भूमिका, कानुन, पार्टीले लिने लाइन र योजनाका विषयमा ब्रिफिङ गराइने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या