आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिमा मेरो सशक्त दाबी रहन्छ : झलनाथ खनाल

सोमबार, ०४ पुस २०७९, १६ : ५४
सोमबार, ०४ पुस २०७९

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भावी राष्ट्रपति सशक्त दाबी रहने बताएका छन् । सत्ता गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीबाट आफ्नो राष्ट्रपतिमा दाबी रहने बताएका हुन् । 

‘राष्ट्रपति राष्ट्रको अभिभावक हो । राजनीतिक इतिहास र पृष्ठभूमि भएको व्यक्तिलाई बनाउनुपर्छ । एकाध गैरराजनीतिक पृष्ठभूमि भएको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भनेर चर्चा चलेको छ । त्यो विगतलाई हेरेर पनि गल्ती दोहो¥याउनु हुँदैन’ रातोपाटीसँग कुरा गर्दै खनालले भने,‘अब सत्ता गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीको राष्ट्रपतिको दाबी रहन्छ । त्यसमा पार्टीको तर्फबाट मेरो दाबी रहन्छ ।’ 

एकीकृत समाजवादीले प्रधानमन्त्री र सभामुख दाबी नगरेकाले राष्ट्रपति पाउनुपर्ने भन्दै लागेको हो । विगतदेखि सत्ता गठबन्धनमा भावी राष्ट्रपतिको रुपमा खनालको चर्चा हुँदै आएको थियो । पूर्व प्रधानमन्त्री र तत्कालीन एमाले अध्यक्ष समेत भइसकेकाले राष्ट्रपति बनाउँदा पदको समेत गरिमा बढ्ने नेताहरूले बताएका छन् ।

यस्तै पार्टीको संसदीय दलको बैठकमा समेत अध्यक्ष माधवकुमार नेपालले पार्टीको तर्फबाट राष्ट्रपतिको दाबी रहने ब्रिफिङ गरेका छन् । पार्टीले राष्ट्रपति भागबण्डा लिएरै छाड्ने गरी बैठकमा राख्ने नेपालले बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप