टोखाको मनोहर माविका प्रअ यौन दुर्व्यवहार आरोपमा पक्राउ
सोमबार, ०४ पुस २०७९, १६ : ४४
काठमाडौंको टोखा नगरपालिका–१० स्थित मनोहर माविका प्रधानाध्यापक यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । प्रअ माधवप्रसाद भट्टराई विरुद्ध विद्यालयमा अध्ययनरत एकजना छात्राले प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएकी थिइन् ।
भट्टराईलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । छात्राले दिएको उजुरीका आधारमा उनीविरुद्ध ‘बालबालिका विरुद्धको कसुर’मा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।
प्रधानाध्यापक भट्टराईमाथि बालबालिका विरुद्धको कसुर–२०७५ को दफा ६६ अनुसार म्याद लिएर प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान शुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँदमा पनि कर्णाली नदीबाट कटान रोकिएन
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
यु–१९ एसिया कप : नेपाल आज बङ्गलादेशसँग भिड्दै
-
बबरमहल क्षेत्रमा तार भूमिगत र फुटपाथ मर्मतको काम धमाधम (तस्बिरहरू)
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)