सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

जनतमको संसदीय दलको नेतामा सीके राउत, उपनेता र प्रमुख सचेतकमा सहमति जुटेन

सोमबार, ०४ पुस २०७९, १६ : १७
सोमबार, ०४ पुस २०७९

जनमत पार्टीले संसदीय दलको नेतामा अध्यक्ष सीके राउतलाई चयन गरेको छ । बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले अध्यक्ष राउतलाई संसदीय दलको नेतामा चयन गरेको हो । तर, संसदीय दलको उपनेता तथा प्रमुख सचेतकमा आकांक्षीहरु धेरै हुँदा सहमति जुट्न सकेको छैन । 

सहमति जुटाउन छलफल जारी रहेको सो पार्टीका एक नेताले बताए । उपनेता तथा प्रमुख सचेतकको विषय आजै टुंगो लगाउने उनले बताए । प्रतिनिधि सभामा जनमतको ६ जना सांसद रहेका छन् । एकजना प्रत्यक्ष र पाँच जना समानपातिकबाट चुनिएर आएका छन् ।

यसैबीच, सोही बैठकले लुम्बिनी प्रदेशको प्रदेश सभाका लागि जनमतले संसदीय दलको नेतामा चन्द्र किशोर गुप्तालाई चयन गरेको छ । तर मधेस प्रदेशमा सहमति बन्न सकेको छैन । संसदीय दलको नेतामा पनि थुप्रै आकांक्षी देखिएपछि त्यस विषयमा भोलि टुंगा लगाउने भनिएको छ ।

मधेस प्रदेशको प्रदेश सभामा जनमतको संसदीय दलका नेतामा वसन्त कुशवाहा, चन्दन सिंह, संजय यादव, सतिश सिंहले दावी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप