मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर लगानीकर्ताहरुलाई सहजता प्रदान गर्न स्मार्ट कारोबार मोबाइल एप

सोमबार, ०४ पुस २०७९, १४ : ३०
सोमबार, ०४ पुस २०७९

सेयर लगानीकर्ताहरुलाई सहजताका साथ प्राविधिक विश्लेषणको सुविधा प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप सञ्चालनमा आएको छ । होम सर्भिस ट्रेड लिंक प्रालिले डेभलप गरेको एप यस अघि अनौपचारिक रुपमा सञ्चालनमा आए पनि अहिले ‘फुल भर्सन’ लञ्च भएको हो । 

एक वर्ष अगाडि नै स्मार्ट कारोबारको ‘बेटा भर्सन’ सार्वजनिक भए पनि तथ्यपरक तथ्यांक उपलब्ध गराउने प्रणालीको विकासमा समय लागेका कारण स्मार्ट कारोबारको अपडेटेड भर्सन लन्च हुन सकेको थिएन । सबै प्राविधिक कमी कमजोरीहरुलाई सुधार गरेपछि होम सर्भिसले स्मार्ट कारोबार एप गुगल प्लेस्टोरमा उपलब्ध गराएको हो । 

एपमा प्राविधिक विश्लेषणका अतिरिक्त वाचलिस्ट, लाइभ डाटा, एभरेज प्राइस, कम्पनी स्टाटस, कोरिलेसन, अड लट, फिबोनाची, न्यारो रेन्ज जस्ता फिचरहरू छन् । यो एपले सेयर सम्बन्धी अनुभव भएका व्यक्तिहरुलाई मात्र नभई सेयर बजारको ज्ञान नभएका व्यक्तिहरुलाई पनि ज्ञान हासिल गर्न सहयोग गर्ने होम सर्भिस ट्रेड लिंकका प्रबन्ध निर्देशक दामोदर श्रेष्ठले बताए ।  उनका अनुसार अड लटको सेयर किनबेचका सम्बन्धमा जानकारी आदानप्रदान गर्न अडलट फोरम पनि एपमा उपलब्ध गराइएको छ ।

यसैगरी एपमा उपलब्ध गराइएका फिचरहरुलाई लिएर प्रयोगकर्तामा कुनै दुविधा भएमा उक्त दुविधाहरु हटाउनका लागि निशुल्क तालिम प्रदान गरिने श्रेष्ठले जानकारी दिए । यसैगरी प्याकेजमा उपलब्घ गराइएका सेवाहरु प्रयोग गर्नका लागि प्रयोगकर्ताहरुले बेसिक प्याकेज तथा प्रिमियम प्याकेज खरिद गर्न सक्ने छन् । 

एप प्रयोगकर्ताहरुले १५ दिनसम्म परीक्षणका लागि सबै फिचरहरु निशुल्क प्रयोग गर्न पाउने छन् भने त्यस पछिको बेसिक प्याकेज मासिक १९९ र प्रिमियम प्याकेज मासिक ३९९ रुपैयाँमा लिन सक्नेछन् । यस्ता प्याकेजको वार्षिक भुक्तानीमा ३५ प्रतिशत छुट उपलब्ध गराउने श्रेष्ठले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप