श्रीमान्को माछा मार्ने लतका कारण सम्बन्धविच्छेद गरिन् यी महिलाले
एक चिनियाँ महिलाले हालै आफ्नो १० वर्षसँगै व्यतीत गरेका श्रीमानलाई माछा मार्ने लतको कारणले सम्बन्धविच्छेद गरेकी छिन् । सानडोङ प्रान्तको जुए काउन्टी पिपुल्स कोर्टमा दायर गरिएको सम्बन्धविच्छेदको मुद्दाका अनुसार झाङ उपनाम भएकी महिलाले आफ्नो पतिको माछा मार्ने लत धेरै भएको दाबी गरिन् ।
उनले घरको सबै काम र उनीहरूका दुई बच्चाहरूको हेरचाह गर्ने तर श्रीमान् सधैँ सोफामा बसेर आफ्नो स्मार्टफोन हेर्ने र हरेक साँझ खानापछि आफ्ना साथीहरूसँग माछा मार्न जाने गरेको दाबी गरिन् । ‘म हरेक बिहान ६ बजेअघि नै उठेर नास्ता तयार गर्छु। म काममा जानु अघि दुई बच्चाहरूलाई स्कुल पठाउँछु । हरेक दिन भाँडा धुन्छु, घर सफा गर्छु, बालबालिकालाई विद्यालयबाट लैजान्छु र उनीहरूको गृहकार्यमा सघाउँछु म थाकेको छु,’ झाङले आफ्नो अदालतमा बुझाएकी थिइन् ।
बारम्बार माछा मार्ने साथीहरूसँग भन्दा आफू र बच्चाहरूसँग धेरै समय बिताउन आग्रह गर्दा पनि नमानेपछि झाङले सम्बन्धविच्छेद नै एक मात्र विकल्प हो भनेर निर्णय गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित