राष्ट्र बैंकले आज १७ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै
सोमबार, ०४ पुस २०७९, १२ : ४१
नेपाल राष्ट्र बैंकले सोमबार १७ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्सको बोलकबोल गर्दैछ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिमका सो परिणाम बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
सोमबार दिउँसो २ बजे ट्रेजरी बिल्सको बोलकबोल हुने बैंकले जनाएको छ । सूचना अनुसार ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याइएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरीका लागि आवेदन दिन सक्नेछन् ।
यसअघि बैंकले मंसिर २६ गते ४ किसिमका १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु