बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

‘मुन्द्रे’ ले तताए आसामको माहोल

सोमबार, ०४ पुस २०७९, १२ : ३९
सोमबार, ०४ पुस २०७९

हास्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’ ले आसामका दर्शक हँसाएका छन् । उनले स्याण्डअप कमेडीमार्फत त्यहाँका दर्शकलाई मनोरञ्जन दिलाएका हुन् ।  आइतबार राति आसाममा आयोजित सांस्कृतिक कार्यक्रममा उनले स्ट्याण्डअप कमेडीमार्फत समसामयिक राजनीति र देशको पछिल्लो परिस्थितिबारे व्यङ्ग्य प्रहार गरेका थिए ।

आफूले आसाममा कल्पनै नगरेको माया पाएको कलाकार नेपालले बताए । ‘कार्यक्रम गर्दागर्दै रातै बितेछ । यति धेरै माया, साथ र हौसला पाउँछु भनेर सोचेको थिइनँ’ जीतुले भने, ‘आसामका गोर्खाली आफ्नै दाजुभाइ, आमाबुबा, दिदीबहिनी आफन्तजस्तै लाग्ने’ । नेपाली भाषा कलासंस्कृतिलाई आसामका गोर्खालीहरूले निकै महत्व दिएको उनको भनाइ छ । 

आसाम निवासी गोर्खालीहरुको समूह आसाम सांस्कृतिक परिवारद्वारा आयोजित कार्यक्रममा कलाकार निरज नेपालले कमेडी नृत्य मार्फत दर्शक नचाउन सफल भएका थिए ।
कार्यक्रममा गायिका मिलन नेवारले भने आफ्ना चर्चित केही गीत राखेकी थिइन् । उनले ‘गाला रातै, गाला रातै’, ‘फुलबुट्टे सारी’ लगायत करिव आधा दर्जन लोकप्रिय गीत प्रस्तुत गरिन् । मिलनको हरेक गीतमा दर्शक नाच्दै र झुम्दै

सिटी र तालीले साथ दिएका थिए । उनले ‘गाला रातै,गाला रातै’ र ‘फुलबुट्टे सारी’ गाउदा दर्शक दिर्घबाट वान्स मोरको हुटिङ समेत गुन्जिएको थियो । कार्यक्रममा गोर्खा सांस्कृतिक परिवारका गायक तिलक नेवार, बद्री ब्यास लगायत स्थानीय कलाकारको पनि विभिन्न प्रस्तुति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप