जोशीको ‘अनुभूतिका महक’ सार्वजनिक
कवि ध्रुव जोशीको ‘अनुभूतिका महक’ कविता सङ्ग्रह सार्वजनिक भएको छ । शनिबार ललितपुरमा आयोजित कार्यक्रममा संस्कृतिविद् तुलसी दिवसले सो कृति सार्वजनिक गरेका हुन् ।
नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै समाजका अध्यक्ष रोदनले यो उमेरमा यसरी कृति सार्वजनिक गर्नु आफैँमा महत्त्वपूर्ण रहेको र आगामी दिनमा निरन्तरताको शुभकामना दिएका थिए ।
उक्त कृतिबारे प्राडा कृष्णप्रसाद दाहाल र त्रिभुवन विश्वविद्यालय हिन्दी विभाग प्रमुख सञ्जिता बर्माले समीक्षात्मक मन्तव्य राखेका थिए । वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले जुनसुकै विधा र उमेरमा पनि कविता लेख्नु भनेको कविताप्रतिको आकर्षण भएको बताए । उनले भने, “कविता यस्तो र उस्तो भन्न नमिल्ने र कविले निर्भीक र प्रष्ट भएर आफ्ना भावना राख्ने हिम्मत गर्नुपर्दछ ।”
‘अनुभूतिका महक’ कविता सङ्ग्रहमा नेपाली, हिन्दी, उर्दू भाषामा लेखिएका कविताहरू सङ्कलित छन् । असी वर्षका कवि जोशीलाई कविता लेख्न पहिलो प्रेरणा उनकी धर्मपत्नीले दिएको जानकारी गराइएको थियो ।
सो अवसरमा कृतिकार जोशीले यो उमेरमा कविताको भोक जगाइदिने साहित्यकार शरद निरौला र मञ्जु निरौलालाई विशेष धन्यवाद दिए ।
कार्यक्रम सञ्चालन कवि मधु पाठकले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीका ३४४ नेता पाँच महिनादेखि बेरोजगार !
-
र्यापर बादशाहको नाइट क्लबमा विस्फोट, लरेन्स विश्नोई गिरोहले लियो जिम्मेवारी
-
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा 'अन्य आदेश'
-
‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प : प्रधानमन्त्री ओली
-
डीडीसी भन्छ– स्रोत सुनिश्चित भएको दूध मात्रै खरिद गर्छौँ
-
दक्षिण कोरियामा अत्यधिक खाएर मोटाउने पुरुषमाथि जेल सजाय