५ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८३ ‘ज’ जारी गर्ने भएको छ । ४ वर्षे अवधिको विकास ऋणपत्र आगामी बुधबार जारी गर्ने गरी बैंकले मंगलबार बोल कबोल गर्ने भएको हो ।
सूचना अनुसार पुस ५ गते २ बजे विकास ऋणपत्रको खरिद बोल कबोल हुनेछ । इच्छुक खरिदकर्ताले २ बजेभित्र अनलाइन दरखास्त दिन सक्नेछन् ।
सार्वजनिक बोलकबोलमार्फत बिक्री गरिने ऋणपत्रको ८५ प्रतिशत अर्थात् ४ अर्ब २५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक रुपमा बाँडफाँड गरिनेछ भने १५ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ विना प्रतिस्पर्धा बिक्री हुनेछ । तर, अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने बैंकले जनाएको छ ।
ऋणपत्रको ब्याज भुक्तानी भने अर्धवार्षिक (६÷६ महिना) मा हुने तर सो ब्याजमा ब्याजकर लाग्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु