बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

किन छायामा अञ्जना ?

सोमबार, ०४ पुस २०७९, १२ : २३
सोमबार, ०४ पुस २०७९

फिल्म ‘महापुरुष’ ले दुई वटा महत्त्वपूर्ण रेकर्ड बनाएको छ । ती हुन् – ५१ औँ दिन मनाउने फिल्म र वर्षको तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म । फिल्मले शनिबारबाट प्रदर्शनको ५१ औँ दिने पार गरेको हो, भने आम्दानी पनि ११ करोड पार गरेको दाबी निर्माण युनिटको छ ।

फिल्मको सफलताले निर्देशकदेखि कलाकारसम्म प्राय सबै चर्चामा छन् । तर यसकी अभिनेत्री अञ्जना बराइलीको भने खासै चर्चा हुन सकेको छैन । फिल्म हेर्ने हो भने उनको अभिनय राम्रो छ । अञ्जना यसै फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् । डेब्यु फिल्ममा अभिनय राम्रो हुँदाहुँदै पनि उनी महाजोडीलगायत स्टार कलाकारको छायामा परेकी छन् ।

फिल्म युनिटले हालै आयोजना गरेको एक कार्यक्रममा उनलाई पत्रकारले ‘फिल्मका सबै कलाकारको चर्चा हुँदा तपाईको छैन, कस्तो लागेको छ ?’ प्रश्न राखेका थिए ।

जवाफमा उनले चर्चा कम भएपनि दर्शकबाट माया धेरै पाएको बताइन् । ‘हलबाट बाहिरिने दर्शकले मलाई धेरै माया देखाउनु भएको छ,’ उनले भनिन्, ‘सबैले अभिनय राम्रो छ । अघि बढ्नु भनेर तारिफ र आशीर्वाद दिनुभएको छ ।’ चर्चा भन्दा ठुलो आशीर्वाद हो भन्ने आफूलाई लागेको उनले सुनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप