लागुऔषध मुद्दामा ५ वर्ष कैद फैसला भएका फरार प्रतिवादी पक्राउ
सोमबार, ०४ पुस २०७९, ११ : ४५
लागुऔषध मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही घर भएका नारायण बस्याल छन् । २०७४ भदौ २१ मा उच्च अदालत तुलसीपुर दाङले बस्याललाई ५ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो ।
२०७२ भदौ ७ मा बस्याल २ ग्राम ३ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए । जिल्ला अदालतबाट १० हजार जरिवाना तिरेर छुटेका बस्यालविरुद्ध सरकारी वकिल कार्यालयले पुनरावेदन गरेको थियो । उच्च अदालतको फैसलापछि बस्याल विदेशमा लुकेर बसेका थिए ।
नेपाल फर्केको सुराक पाएपछि इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । जिल्ला अदालत रुपन्देहीको आदेशले उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी श्यामु अर्यालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी