फरवार्ड माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस सेयर दिने
सोमबार, ०४ पुस २०७९, ११ : १७

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
यससँगै, कम्पनीले कूल ३० प्रतिशत लाभांश वितरण गर्ने जानकारी दिएको छ । कम्पनीको १३१औं सञ्चालक समितिको बैठकबाट गरेको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्ने छ ।
सञ्चालक समितिको प्रस्तावअनुसार कम्पनीको चुक्ता पूँजी ८४ करोड ४४ लाख ५० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने सचिव कृष्णप्रसाद भट्टराईले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा पलायन रोक्नु आजको प्रमुख चुनौती : मुख्यमन्त्री लामा
-
काईयी एक्सचेन्ज कार्निभलको समय थप
-
अपेक्षित नतिजा निस्किएको छैन, निराश हुनुपर्ने अवस्था पनि छैन : मुख्यमन्त्री कँडेल
-
चैतसम्म सवा २४ खर्ब विदेशी मुद्रा सञ्चिति, पर्याप्तता सूचक नकारात्मक
-
आवासीय चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न स्वास्थ्यमन्त्री पौडेलद्वारा कार्यदल गठन
-
बागमती प्रदेशसभा अधिवेशन आह्वान