‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८' घोषणा
नातिकाजी स्मृति समाजले आइतबार ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरेको छ । शम्भूजीत बास्कोटाको अध्यक्षतामा समाजको सम्पन्न बैठकले सम्मान तथा पुरस्कारको निर्णय गरेको हो ।
नेपाली मौलिक गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरूलाई प्रदान गरिने पुरस्कार तथा सम्मान मध्ये यो वर्षको ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान २०७८’ गीतकार मन बहादुर मुखिया, रेकर्डिष्ट दीप तुलाधर, गायक प्रदीपराज पाण्डे, सङ्गीत संयोजक फणीन्द्र राई, गायक बिके राना, कन्हैया सिंह परियार, गीतकार शुभ मुकारुङ, अमर बान्तुलाई प्रदान गरिने भएको छ ।
त्यस्तै ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार २०७८’ रचनाकार एकनारायण भण्डारी, सङ्गीतकार कालीप्रसाद बासकोटा, गायक राज सिग्देल, गायिका माण्डवी त्रिपाठी, ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७८’ गीतकार देवेन गिरी, सङ्गीतकार दीपक शर्मा, गायक कृष्ण काफ्ले, गायिका अस्मिता अधिकारी, ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार २०७८’ सङ्गीतकार चन्दन कुमार श्रेष्ठलाई दिइने भएको छ ।
यस्तै ‘नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा बाह्य पुरस्कार सङ्गीत संयोजक रवीन कार्की ढली र ‘नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार २०७८’ लोक गायिका देवी घर्तीलाई प्रदान गरिने कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७८ पत्रकार डम्बर बहादुर बुढाथोकी र कुबेर राज गिरिलाई प्रदान गरिनेछ । यो वर्षको ‘नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार’ भने गायक आशीष सचिन गौतमलाई प्रदान गरिनेछ । सम्मान तथा पुरस्कारको राशि जनही ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)
-
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण