विश्व इतिहासमा आजः दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपतिदेखि क्लिनन्टनमाथि महाअभियोग
आज १९ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटना :
दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति
सन् २०१२ मा दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी थिइन् । आजकै दिन पार्क गिउन हाय देशको पहिलो महिला राष्ट्रपति र दक्षिणपूर्वी एसियाको सरकार प्रमुख बनेकी थिइन् । सन् २०१३ को फेब्रुवरीमा पार्कले कार्यभार सम्हालेकी थिइन् ।
हङकङ चीनको स्वामित्वमा रहने सन्धिमा हस्ताक्षर
सन् १९८४ मा हङकङ सन्धीमा हस्ताक्षर भएको थियो । बेलायत सरकार, उत्तरी आयरल्यान्ड र जनगणतन्त्र चीन सरकारबीच संयुक्त घोषणापत्रमा हस्ताक्षर भएको थियो । चीन–व्रिटीश सन्धिसमेत भनिने उक्त सम्झौतमा चीनको तर्फबाट झाओ जियाङ र बेलायतको तर्फबाट मार्गरेट थ्याचरले हस्ताक्षर गरेका थिए । सन्धिमा सन् १९९७ को १ जुलाईदेखि हङकङ चीनको स्वामित्वमा रहने उल्लेख छ ।
एपोलो १७ को अन्तिम मिसन
सन् १९७२ मा एपोलो १७ पृथ्वीमा फर्किएको थियो । अमेरिकाको एपोलो कार्यक्रमअन्तर्गतको अन्तिम मिसन एपोलो १७ ले १२ दिनसम्म अन्तरिक्षमा बिताएको थियो । एपोलो १७ अमेरिकाबाट रातको समयमा पठाइएको पहिलो मानवसहितको उडान हो । एपोलोमा रहेका तीन सदस्यहरुले चन्द्रमाको कक्ष घुमेर १२ दिन बिताएका थिए ।
क्लिन्टनमाथि महाअभियोग
सन् १९९८ मा अमेरिकाका तत्कालीन राष्ट्रपति बिल क्लिन्टनमाथिको महाअभियोगलाई तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले अनुमोदन गरेको थियो । भुटो अभिव्यक्ति दिएको र न्यायमा अवरोध गरेको भन्दै तल्लो सदननले क्लिन्टनमाथि महाअभियोग लगाएको थियो । एक महिनापछि आजकै दिन माथिल्लो सदन सिनेटले उनलाई सफाइ दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको महाभारतमा दम्पती मृत फेला, हत्याको आशङ्का
-
नेपाली राजदूतावासको आयोजनामा क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
-
किन पक्राउ परे कैलाश सिरोहिया ? यस्ता छन् ६ आधार र कारण
-
टी–२० क्रिकेट सिरिजमा अमेरिकासँग बंगलादेश ५ विकेटले पराजित
-
कन्सुलर सेवा प्रवाहबारे कूटनीतिक अधिकारीहरूसँग छलफल
-
कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज