एम्बाप्पेको ह्याट्रिक, खेल पुन: बराबरी
आइतबार, ०३ पुस २०७९, २३ : २५
किलियान एम्बाप्पेको ह्याट्रिकमा फ्रान्सले खेलमा ३–३ को बराबरी गरेको छ । एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै बराबरी गरेका हुन् । सन् १९६६ यता कुनै पनि खेलाडीले फाइनलमा ह्याट्रिक गरेको पहिलो अवसर हो । यसअघि अतिरिक्त समयमा लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनलाई ३–२ को अग्रता दिलाएका थिए ।
अर्जेन्टिनाले फ्रान्सविरुद्ध पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । अर्जेन्टिनाका लागि लियोनेल मेस्सी र एंखेल डि मारियाले गोल गरेका थिए । तर फ्रान्सले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै अर्जेन्टिनाविरुद्ध फाइनल खेलमा बराबरीमा फर्किएको थियो । किलियान एम्बाप्पेले खेलको ८० औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे भने लगत्तै उनले अर्को गोल थपेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित