सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपको उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीचकाे खेल सुरु

आइतबार, ०३ पुस २०७९, २० : ५०
आइतबार, ०३ पुस २०७९

 फिफा विश्वकप फुटबलको उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीचको खेल सुरु भएको छ ।  फाइनल खेल कतारको लुसिल स्टेडियममा  सुरु भएको हो । 

यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।

फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् । खेललाई विश्वभरबाट चासोका साथ हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप