मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

बुटवलको विद्युत् हाइटेन्सन व्यवस्थापन गर्न आग्रह

आइतबार, ०३ पुस २०७९, २० : २९
आइतबार, ०३ पुस २०७९

बुटवल बजारको विद्युत् हाइटेन्सन व्यवस्थापन गर्न उपमहानगरले विद्युत् प्राधिकरणसँग माग गरेको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग काठमाडौँस्थित प्राधिकरणको कार्यालयमा भेट गरी बस्तीमाथि रहेको हाइटेन्सन तारले बस्ती जोखिममा रहेको भन्दै बस्ती बाहिर सार्न आग्रह गरेका हुन् । 

नगरप्रमुख पाण्डेयले बुटवलमा सहरीकरण बढ्दै गएकाले खुला विद्युत् तारहरुका कारण जोखिम बढेको बताउँदै भूमिगत गर्नका लागि योजना अघि सार्न पनि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको ध्यानाकर्षण गराए । उनले जुनसुकै योजना ल्याउँदा बुटवललाई प्राथमिकतामा राख्नसमेत अनुरोध गरे ।  

भेटका क्रममा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बस्ती माथिको हाइटेन्सन तार हटाउनका लागि प्राधिकरणले योजना अगाडि बढाउने प्रतिबद्धता जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?