सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको संसदीय दलको बैठक सोमबार बस्ने

आइतबार, ०३ पुस २०७९, १९ : १२
आइतबार, ०३ पुस २०७९

नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ । सो पार्टीले सोमबार एक बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । आइतबार बसेको पार्टीको सचिवालय बैठकले दलको बैठक बोलाएको नेता गंगालाल तुलाधरले जानकारी दिए ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरूसँग  छलफल अगाडि बढाउने निर्णय गरेको छ । 

यसका लागि पार्टी अध्यक्ष नेपालले लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता वामदेव गौतमसँग राजनीतिक भेटघाट र छलफल गरेको महासचिव बेदुराम भुसालले जानकारी दिएका छन् ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप