सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीको अत्तरियामा सुन व्यवसायीमाथि गोली प्रहार

आइतबार, ०३ पुस २०७९, ०० : ००
आइतबार, ०३ पुस २०७९

कैलालीको अत्तरियामा सुनचाँदी व्यवसायीमाथि आइतबार बेलुका गोली प्रहार भएको छ । अत्तरियास्थित घोडोघाडी सुन चाँदी पसलका सञ्चालक २८ वर्षीय विकास सुनुवारमाथि गोली प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार घोडोघोडी नगरपालिका १ घर भएका सुनुवार अत्तरिया चोकबाट पश्चिमबाट पूर्वतर्फ मोटरसाइकलमा जाने क्रममा विपरीत दिशातर्फ मोटरसाइकलमा सवार व्यक्तिबाट गोली प्रहार भएको हो ।

दायाँ पाखुरामा गोली लागि घाइते भएका सुनुवारको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोली हान्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । घाइते सुनुवारलाई थप उपचारको लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप