सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु
आइतबार, ०३ पुस २०७९, १६ : १४
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति चयन गर्नेलगायतका एजेण्डा बैठकको रहेको छ ।
उपसभापति धनराज गुरुङका अनुसार पार्टी कार्यालयमा सुरु भएको बैठकले निर्वाचन समिति गठन गरेर चुनावको मिति तोक्ने छ ।
कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ । संस्थापक पक्षबाट देउवा र इतर पक्षबाट कोईराला र थापा चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । कांग्रेसका ८९ जना सांसदले स‌ंसदीय दलको नेता चयन गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा