शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सांग्रिला विकास बैंकद्वारा मोबाइल एप अपग्रेड, सबै माध्यमबाट सहजै प्रयोग गर्न सकिने

आइतबार, ०३ पुस २०७९, १६ : ०७
आइतबार, ०३ पुस २०७९

सांग्रिला विकास बैंकले आफ्नो मोबाईल बैकिङ्ग एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ । नयाँ एप्लीकेशन नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल निर्माण गरेको हो, जुन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित रहेको जनाइएको छ । 

यसले प्रयोगकर्तालाई कार्यक्षमताको फराकिलो दायरालाई अनुमति दिने कम्पनीको भनाइ छ ।  नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध,सेल्फ पासवर्ड÷पिन रिसेट, माध्यमहरुको अन्तरसञ्चालन जस्ता थुप्रै सुविधाहरु रहेका छन् । 

नयाँ एप्लीकेशनको अपग्रेडबारे सांग्रिला बैंकका प्रमुख अपरेटिङ अफिसर अपूर्व प्रसाद जोशीले भने,‘सांग्रिला विकास बैंकले डिजिटल बैंकलाई सधै प्रवद्र्धन गर्दै आएको छ । हामी अबको भविष्य डिजिटल भविष्यको बाटो हो भन्ने विश्वास गर्छौँ र हाम्रो एपको नविनतम संस्करणको सुरूवातसँगै प्रयोगकर्ताले एपबाटै स्धिै विभिन्न प्रकारका बैंकिङ्ग सेवाहरू प्राप्त गर्न सक्नेछन् ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप