१० प्रतिशत बोनस दिने सानिमा बैंकको निर्णय
आइतबार, ०३ पुस २०७९, १५ : ३८
सानिमा बैंकले आइतबार १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै साधारणसभाबाट सर्वसाधारण समूहका तर्फबाट संचालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेल निर्वाचित भएका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा रु. २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १९२.५१ अर्ब, कुल निक्षेप रु. १५८.८८ अर्ब तथा खुद कर्जा सापटी रु १४१.६९ अर्ब रहेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा बैंकले निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः २१.३९, १५.०४ र १९.७५ प्रतिशतले बृद्धि गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु