आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जनताको गुनासो सुन्न सीके राउतको सक्रियता

आइतबार, ०३ पुस २०७९, १७ : ४१
आइतबार, ०३ पुस २०७९

जनमत पार्टीका अध्यक्ष एवं सांसद डा. सीके राउतले जनताको गुनासाको सम्बोधन गर्न सक्रियता लिएका छन् । राजविराजस्थित जनसम्पर्क कार्यालयमा राखिएको ‘जनआवाज पेटिका’मा आएको गुनासो अध्ययन गर्दै उनले समाधानको लागि पहल थालेका हुन् ।

शनिवार पेटिकमा आएका विभिन्न गुनासालाई अध्ययन गर्दै उनले सम्बन्धित व्यक्तिलाई आफैले सम्पर्क गरेका थिए । गुनासो गरेका व्यक्तिलाई फोन सम्पर्क गरेर आवश्यक जानकारीसहित समाधान गर्ने प्रयास गरिएको पार्टीका नेता एवं सप्तरी २ (ख) का प्रदेश सभा सदस्य महेश यादवले बताए ।

उनको अनुसार जनआवाज पेटिकामा हालसम्म ३५ देखि ४० वटा गुनासाहरु आएका छन् । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारदेखि घरायसी झगडासम्मको गुनासो आएको नेता महेश यादवले बताए । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भएका सुविधाहरु नपाएको बारे पनि गुनासो आएको छ । त्यहाँका डाक्टरले समयमा उपचार नगर्ने, भएका सुविधा पनि विरामीलाई नदिने जस्ता गुनासो आएको उनले बताए ।

गहुँ छर्ने बेला भइसक्दा किसानले मल नपाएको गनुासो पनि आएको छ । विद्यालयमा पढाई नभएको, शिक्षकहरु समयमा विद्यालय नआएको जस्ता गुनासो आएको उनले बताए । अब गुनासोलाई समाधान गर्नका लागि विभिन्न समिति बनाउन लागिएको उनले बताए ।

स्वास्थ्य, शिक्षा, प्रशासन, कृषि, सञ्चारलगायत क्षेत्रका लागि छुट्टा छुट्टै समिति बनाउने र त्यसको अध्ययन गरि सम्बन्धित निकायबाट समाधान गराउन प्रयास गरिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप