आन्दोलनको सहारामा महोत्तरीका विद्यार्थीले पाए विषयगत शिक्षक

गौशाला नगरपालिकाको नवराजपुरस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गत १८ मंसिरमा पढाइ नभएको भन्दै आन्दोलनमा उत्रिए । पटक–पटक नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि विषयगत शिक्षक नपठाएपछि उक्त विद्यालयका कक्षा ८, ९ र १० मा मा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गरे । विद्यालय अगाडि नै उनीहरू टायर बालेर प्रदर्शनमा उत्रिए ।
‘विषयगत शिक्षकको माग गरेर हामीले आन्दोलन ग¥यौँ,’ कक्षा–९ मा अध्ययनरत दीपककुमार महतोले भने । विद्यार्थीको आन्दोलनपछि गौशाल नगरपालिका प्रमुख डा। दीपेन्द्र महतोले रातारात शिक्षक नियुक्ति गरेर नवराजपुरस्थित श्री माध्यामिक विद्यालयमा पठाए । ‘लोकतन्त्रमा आफ्नो अधिकारको लागि आन्दोलनसमेत गर्न सकिन्छ भन्ने थाहा थियो । तर, माग पूरा हुन्छ भन्ने विश्वास थिएन । आन्दोलनको यत्रो शक्ति हुन्छ भन्ने बल्ल थाहा पायौं,’ महतोले थपे ।
शिक्षकको अभावमा पठनपाठनमा समस्या थियो । अतिरिक्त कक्षा नलिए परीक्षासम्म कोर्स सकिने अवस्था नरहेको विद्यार्थीहरू बताउँछन् । विषयगत शिक्षक आएसँगै पठनपाठनले गति लिएको छ ।
कक्षा–१० मा अध्ययनरत अनिलकुमार महतो पाँच महिनादेखि अध्यापन नै नभएका विषयहरू अहिले पढाउन थालिएको बताउँछन् । ‘शैक्षिकसत्रको सुरुवातदेखि पढाइ नभएपछि विद्यालय प्रशासन र नगर शिक्षा शाखाको ध्यानाकर्षण गरायौँ । तर, सुनुवाइ भएन,’ उनले भने, त्यसपछि विद्यार्थी प्रदर्शनमा उत्रिएपछि नगरपालिकाले विषयगत शिक्षक पठाएको छ । अहिले पढाइ भइरहेको छ ।’
गणित, सामाजिक, विज्ञानजस्ता विषयहरू नै पढाइ नभएपछि यस विद्यालयमा अध्ययनरत कक्षा–८, ९ र १० का विद्यार्थीहरू विशेषगरी मर्कामा परेका थिए ।
यस विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । शैक्षिक प्रावधानअनुसार ५० विद्यार्थी बराबर एक शिक्षक आवश्यक पर्छ । तर, यहाँ जम्मा ५ जना मात्र शिक्षक थिए । विद्यार्थीहरूको दवावपछी अहिले चारजना शिक्षक थपिएका छन् ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट