‘दृश्यम ३’ को तयारी सुरु, फिल्मको बजेट अघिल्ला सिरिजभन्दा बढी हुने

फिल्म ‘दृश्यम’ र ‘दृश्यम २’को सफलतापछि यो फिल्मको तेस्रो भाग बनाउने तयारीमा निर्माण पक्ष जुटेका छन् । फिल्मको पहिलो भाग सन् २०१५ मा रिलिज भएको थियो । जबकी यसको दोस्रो भाग दर्शकमाझ आउन सात वर्ष बढी समय लागेको थियो ।
फिल्म ‘दृश्यम २’ हालसम्म बक्स अफिसमा दुई सय २० करोड रुपैंयाँ कलेक्सन गरिसकेको छ । यो फिल्म अझै पनि कैयौं थिएटरमा प्रदर्शनरत छ । फिल्मका निर्माता तथा निर्देशक अभिषेक पाठकले तेस्रो भागका लागि पहिलो चरणको स्क्रिप्टको काम सुरु भइसकेको बताए ।
उनका अनुसार पहिलाको जस्तै त्यही टिमले तेस्रो भागको स्क्रिप्टको काम गरिरहेको छ । उनले सन् २०२४ सम्ममा थिएटरमा फिल्म आउने खुलाए । ‘दृश्यम २ ले यति राम्रो ओपनिङ गर्छ भन्ने हामीले सोचेका थिएनौं । फिल्म यति हिट भयो । तेस्रो भागमा दुई भागभन्दा बढी दर्शक आउन भन्ने अपेक्षाका साथ हामी काम गरिरहेका छौं’, उनले भने ।
उनले तेस्रो भागमा दोस्रो भागका कलाकारसँगै केही नयाँ कलाकार जोडिने खुलाए । फिल्मको बजेट पनि अघिल्ला दुई फिल्मको भन्दा बढी नै हुनेछ । ‘दृश्यम’को निर्देशन अभिषेक पाठकले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनाशकारी भूकम्पको संघारमा भारत
-
सुमनाले किन दिइन् रास्वपाको सह–महामन्त्री पदबाट राजीनामा ?
-
कोसेली छाला जुत्ता उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना
-
ललिता निवास प्रकरण : दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा
-
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति
-
बागमतीका मेयर थापाविरुद्धको मुद्दामा आज पनि सुनुवाइ