मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

व्यावसायिक कृषिका लागि पाल्पामा लगानी सम्मेलन

आइतबार, ०३ पुस २०७९, १० : ४९
आइतबार, ०३ पुस २०७९

पाल्पामा लगानी सम्मेलन गरिएको छ । कृषि क्षेत्रलाई व्यावसायिक बनाउन लगानी सम्मेलन गरिएको हो । ग्रामीण आर्थिक विकास संघ (रेडा) ले तानसेन नगरपालिकासंगको सहकार्यमा कोभिड १९ प्रतिकार्य तथा एकीकृत हरित जीविकोपार्जन सहयोग परियोजना अन्तर्गत संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको संयुक्त पहलमा लगानी सम्मेलन गरेको हो । 

पाल्पाको तानसेनमा सम्पन्न सम्मेलनमा कृषि तथा पशुपालन क्षेत्रमा देखिएका सम्भावना, समस्या, चुनौती तथा हालसम्म प्राप्त भएका उपलब्धको समीक्षा गरिएको थियो । उक्त अवसरमा ग्रामीण आर्थिक विकास संघ (रेडा) का कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले कृषि र पशुपालन क्षेत्रमा रेडाले हालसम्म केही उत्पादन वृद्धि भएका केही उपजको निर्यात समेत गर्न सफल भएको जानकारी दिए । 

उनले किसानले उत्पादन गरेको उपजलाई अहिलेसम्म पनि बजारीकरणमा केही समस्या देखिएको बताए । उपभोक्ता र कृषकबीचको दुरीलाई घटाई स्थानीय सरकारले काम गर्नुपर्ने निर्देशक कार्कीले उल्लेख गरे ।

कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरले आगामी दिनमा तानसेनको कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए । उनले नगरका अधिकांश वडाहरु ग्रामीण क्षेत्रमा पर्ने भएकोले नागरिकको आयस्तर वृद्धि गरी नगसरपालिकलाई नै समृद्ध बनाउने गरी काम गर्ने नगर प्रमुख श्रेष्ठले बताए ।

तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोककुमार शाहीले विगतमा सुरु गरिएको योजनालाई निरन्तरता दिन सकेमा नगर समृद्ध हुने बताए । उनले कोरोना माहामारी र त्यसपछि सृजना भएको बेरोजगारीको समस्या समाधान गर्न सुरु भएको परियोजनामा एक हजार बढी युवा उद्यमीहरु जोडिएको हुँदा उनीहरुलाई साथमा लिएर अघि बढ्न सके नगरको विकास हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अर्थ विज्ञ सुवेक्षा नेपालले नेपालको कृषि क्षेत्र तथा अर्थतन्त्रको बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । थोक बजार संचालनका विष्यमा तानसेन नगरपालिकाका योजना अधिकृत विष्णु पौडेलले र कृषि क्षत्रका सम्भावना र चुनौतीका विषयमा कृषि विज्ञ थमनबहादुर कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए ।  कार्यक्रममा विभिन्न समूहबीच दिगो रुपमा कृषि र पशुपालनलाई अगाडि बनाउका लागि विशेष छलफल पनि गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप