विमानस्थल सञ्चालनको बाधक बाच्छेबुडुवाको ल्यान्डफिल्ड साइटमा अब महानगरले फोहोर नफाल्ने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मुख्य बाधक रहेको बाच्छेबुडुवाको ल्यान्डफिल्ड साइटमा अब पोखरा महानगरले फोहोर नफाल्ने भएको छ ।
आइतबारबाट पोखरा-१४ मा रहेको उक्त बाच्छेबुडुवाको ल्यानडफिलमा महानगरले फोहोर नफाल्ने भिडियो सूचना जारी गरेको हो । तर, अब महानगरले कहाँ फोहोर फाल्छ खुलाएको छैन । भिडिओ सूचनामा महानगरले केही वडाहरूमा अल्पकालीन फोहोर व्यवस्थापन गर्ने उल्लेख छ ।
महानगरले नयाँ ल्याण्ड्फिल साइट निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न एक समिति बनाएको छ । जसको संयोजक छन् पोखरा ३३ का वडाअध्यक्ष रामचन्द्र अधिकारी । उनको संयोजकत्वमा सम्भाव्यताको अध्ययन भइरहेको हो। समितिले पोखरा २१,२२ र ३३ मध्य एक ठाउँमा अब फाहोर व्यवस्थापन गर्ने तयारी थालेको छ।
महानगरले यसअघि मंसिर १८ गतेबाटै त्यहाँ फोहोर नफाल्ने निर्णय गरेको थियो । बाच्छेबुडुवा रहेको ल्यान्डफिल्ड साइटलाई रिठेपानीको डाँडा कटान गरेको माटोले पुर्ने काम भइरहेको छ । पोखराबाट दैनिक १ सय ८० टन निस्कने महानगरले जनाएको छ ।
परीक्षण उडान सफल(
पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरेसँगै यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएको छ ।
विमानस्थलका प्रमुख विक्रम गौतमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सम्पूर्ण तयारी भइरहेको जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक भएको जानकारी दिएका छन् ।
एरोथाई कम्पनीको जहाजले मंसिर ५ देखि ११ सम्म यान्त्रिक परीक्षण उडान गरेको थियो। यान्त्रिक उडानमा विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरण परीक्षण गरिएको हो । चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा बनेको हो । जुन विमानस्थल चिनियाँ सरकारले नेपाललाई हस्तान्तरण गरिसकेको छ ।
विमानस्थल सञ्चालनमा आएपछि १ सय ५० देखि १ सय ८० जना यात्रु बोक्ने एयरबस ३२० र बोइङ ७५७ ले यहाँ उडान भर्न सक्छन् । विमानस्थल फोर डी श्रेणीको भएकाले रनवेको लम्बाइ २ हजार ५ सय मिटर छ । अन्तर्राष्ट्रिय जहाजले पूर्वपट्टिबाट मात्रै उडान र अवतरण गर्नेछ । यो विमानस्थलबाट दैनिक ६ वटा अन्तर्राष्ट्रिय र ४८ आन्तरिक उडान हुन सक्ने प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षित कारोबार संशोधन विधेयक : प्रकाशशरणको ‘डिफेन्स’ले अर्थ र कानुन मन्त्रालयका कर्मचारीलाई हाइसञ्चो !
-
सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
-
सहकारी ठगीमा जोशीविरुद्ध ५ करोड २६ लाख बिगो कायम, लामिछानेविरुद्ध ३ करोड ३७ लाख
-
इन्डो–नेपाल मुवाँथाई : सुमित्रा र रिना विजयी
-
रवि लामिछानेलाई अधिकतम २४ वर्षसम्म कैद सजाय हुनुपर्ने सरकारी वकिलको मागदाबी
-
तस्बिरमा हेर्नुहोस् धरहरा अगाडि रातको व्यापार