आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ सरकार कांग्रेसको नेतृत्वमा हुनुपर्छ : कल्याण गुरुङ

आइतबार, ०३ पुस २०७९, ०८ : २५
आइतबार, ०३ पुस २०७९

नेपाली कांग्रेसका केन्द्रीय दसस्य कल्याण गुरुङले नयाँ सरकार नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्ने बताएका छन् ।​ मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट कांग्रेस पहिलो दल बनेकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने उनको तर्क छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको आधिकारिक मत र परिणाम सार्वजनिक भई सकेको छ, नेता गुरुङ भन्छन्, अब बन्ने संघीय सरकार नेपाली कांग्रेस नेतृत्वमा हुनु पर्छ । प्रधानमन्त्री नेपाली कांग्रेसको हुनु पर्छ ।

सात वटा प्रदेशको मुख्यमन्त्रीहरु पनि सम्भव भए सम्म कांग्रेसले लिने गम्भीर पहल गर्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप