राजविराजमा जगन्नाथ रथयात्रा

शान्ति र मानव कल्याणको कामना गर्दै सप्तरीको राजविराजमा शनिबार जगन्नाथ रथयात्रा निकालिएको छ । राजविराज नगरपालिका–७ स्थित लक्ष्मीनारायण राधाकृष्ण मन्दिरमा तीन दिनको भजनकीर्तन र कथा वाचनपश्चात रथयात्रा निकालिएको हो ।
रथयात्रामा प्राचार्यका साथै श्रद्धालु–भक्तले भजनकीर्तन गर्दै नगर परिक्रमा गरेका थिए । राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रामा राखिएको भगवान् विष्णुको आठौँ अवतार मानिने श्रीकृष्ण, उनका दाजु बलभद्र र बहिनी शुभद्राको मूर्ति दर्शन गर्न र रथको डोरी तान्न श्रद्धालुहरूको भीड लागेको थियो ।
रथायात्राका लागि धरान र विराटनगरको एस्कोन, श्री राधा–कृष्ण भक्तिभावना अमृत सङ्घलगायत आध्यात्मिक संस्थाको सहकार्य रहेको थियो । रथयात्रामा सहभागीलाई राजविराजका स्थानीय व्यापारी एवं समाजसेवीले फलफूल, पानी र जुस वितरण गरेका थिए ।
उडिसाको पुरीमा रहेको जगन्नाथ मन्दिर भारतको चारधाममध्ये एक धाम हो । रथयात्रामा सामेल हुनेलाई सय यज्ञ गरे समान फल मिल्ने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
कृष्ण भक्तिका लागि प्रचार–प्रसार गर्ने एस्कोन कृष्णको भक्ति गर्ने विश्वकै सबैभन्दा ठूलो सङ्गठन रहेको स्थानीय शैलेसमोहन झाले बताए । एस्कोन मन्दिरको स्थापना श्रीमूर्ति श्री अभय चराणबिन्द भक्ति बेदान्तर स्वामी प्रभुपादजी सन् १९६६ मा न्यूयोर्क सहरमा गरेका थिए । एस्कोनले विश्वमा गीता र हिन्दू धर्म एवं हिन्दू संस्कृतिको प्रचार–प्रसार गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म