शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

आइतबार, ०३ पुस २०७९, ०६ : ३७
आइतबार, ०३ पुस २०७९

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको जानकारी गराए । 

पार्टी कार्यालयका मुख्य सचिव पौडेलका अनुसार बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ । 

बैठकले संसदीय निर्वाचनका लागि समिति गठन गर्ने र निर्वाचनको मिति तय गर्नेछ । बुधबारसम्ममा संसदीय दलको नेताका लागि निर्वाचन गर्ने कांग्रेसको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप