बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेयर कपको उपाधि रत्ननगरलाई

शनिबार, ०२ पुस २०७९, २१ : १५
शनिबार, ०२ पुस २०७९

चितवनमा सम्पन्न पालिकास्तरीय प्रथम मेयर कपको उपाधि रत्ननगर नगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा माडी नगरपालिकालाई शून्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोजक रत्ननगर नगरपालिकाले उपाधि जितेको हो । 

उपाधिसँगै रत्ननगरले एक लाख एक हजार ११ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको माडी नगरपालिकाले रु ५५ हजार पाँच सय ५५ पुरस्कार पाएको छ ।  रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा, उपमेयर यादवप्रसाद पाठक र खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरीले पुरस्कारले विजयी टिमलाई शिल्ड तथा मेडल प्रदान गरे। 

रत्ननगरलाई उपाधि जिताउन कुशल श्रेष्ठले एक गोल गरेका थिए । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्नुभएका श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले रु दुई हजार पाँच सय नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा जिल्लाका सात पालिकाका सात टिमको सहभागिता रहेको खेलकुद विकास समितिका सदस्य सौगात भुजेलले जानकारी दिए ।

समापन कार्यक्रममा पूर्वराष्ट्रिय खेलाडी सूर्यमान श्रेष्ठ, लेखनाथ घिमिरे, ललित थापा तथा बङ्गलादेशमा उत्कृष्ट खेल प्रदर्शन गरेका रत्ननगरका खेलाडी सुजता तामाङ र सुशीला केसीलाई सम्मान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप