आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

क्रोएसिया भर्सेस मोरक्को : दुई मिनेटको अन्तरमा दुई गोल

शनिबार, ०२ पुस २०७९, २१ : ०४
शनिबार, ०२ पुस २०७९

तेस्रो स्थानका लागि भएको क्रोएसिया र मोरक्को बीचको खेलमा रोमाञ्चक सुरुवात भएको छ । खेलको सुरुवातमा नै दुई टोलीले एक–एक गोल गर्न सफल भएका हुन् ।

सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएको दुई मिनेट पछि नै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काएका हुन् । मोरक्कोले पहिलोपटक सेमिफाइनल यात्रा गर्दै फ्रान्ससँग पराजित हुँदै तेस्रो स्थानका लागि भिड्न लागेको हो भने गत विश्वकपको फाइनलिस्ट क्रोएसियाले यसअघि सन् १९९८ मा तेस्रो स्थान हात पारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप