पश्चिम र मध्य अफ्रिकामा बाढीका कारण १ हजार ४ सय जनाको मृत्यु : संयुक्त राष्ट्रसंघ
शनिबार, ०२ पुस २०७९, २० : ३२
पश्चिम तथा मध्य अफ्रिकामा भारी वर्षा र बाढीका कारण एक हजार ४०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य २९ लाख विस्थापित भएको संयुक्त राष्ट्रसंघका मानवीय सहायताकर्मीले शनिबार जानकारी दिएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार केही वर्षयताकै सबैभन्दा खराब बाढीका कारण यस क्षेत्रका २० देशका ८२ लाख मानिसको जीवन, उनीहरूका पशुधन, सम्पत्ति र खेतबारीमा असर परेको छ ।
लगातारको बाढीले पाँच लाख १३ हजारभन्दा बढी घरमा क्षति पुर्याएको कार्यालयले जनाएको छ । ओसीएचएले भनेको छ, “मध्य अफ्रिका क्षेत्रका धेरै भागहरू बाढी पहिले नै उच्च स्तरको खाद्य असुरक्षा, कुपोषण, अस्थिरता र हिंसासँग जुधिरहेका थिए ।
राष्ट्रिय र स्थानीय अधिकारीहरूले मानवीय एजेन्सीहरूको सहयोगमा प्रतिकार्यको नेतृत्व गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान