आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

देउवा र नेपालबीच भेटवार्ता

शनिबार, ०२ पुस २०७९, २० : ०५
शनिबार, ०२ पुस २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवालाई भेटेर प्रधानमन्त्रीमा दाबी गरेपछि देउवाले नेपालसँग छलफल गरेका हुन् । एकीकृत समाजवादीको दस सिटसहित आफूसँग ६० बढी सिट रहेको प्रचण्डको दाबी छ । सोही सिट संख्याका आधारमा प्रचण्डले सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी पेस गरिरहेका छन् । यही विषयमा ‘क्लियर’ हुन देउवाले नेपालसँग भेटवार्ता गरेको बालुवाटार स्रोतको भनाइ छ । –न्युज कारखाना
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप