लुम्बिनी प्रदेशमा २२ दलको धरौटी जफत
मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनको लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरूमा भएको निर्वाचन मत परिणाम अनुसार लुम्बिनी प्रदेशमा २२ राजनीतिक दलको धरौटी जफत भएको छ ।
प्रतिवेदन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले पेस प्रतिवेदनमा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा धरौटी जफत हुने व्यवस्था अनुसार २२ वटा दलको धरौटी जफत भएको छ ।
निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको ७ दिनभित्र राष्ट्रपति समक्ष र प्रदेश सभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान बमोजिम आयोगबाट आज लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएको हो ।
आयोगले तयार पारेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशको प्रदेश सभातर्फ ८७ जना निर्वाचित भएका छन् । जसमा पुरुष ५४ जना ६२.०७ प्रतिशत र महिला ३३ जना ३७.९३ प्रतिशत निर्वाचित भएको उल्लेख छ । प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणालीतर्फ २५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३२ वटा राजनीतिक दलहरू निर्वाचनमा सहभागी भएका थिए ।प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष ४ सय ६७ र महिला २९ गरी कूल ४ सय ९६ जनाको अन्तिम उम्मेदवारी कायम भएकोमा समानुपातिक निर्वाचन प्रणालीमा कूल ५७९ जना उम्मेदवारहरूको अन्तिम बन्द सूचि कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि महिला १६ लाख १२ हजार ४ सय ७१, पुरुष १६ लाख ३७ हजार १ सय ३२ र अन्य ३४ गरी कूल ३२ लाख ४९ हजार ६ सय ३७ मतदाता कायम रहेको बताइएको छ । पहिलो हुने निर्वाचित हुन निर्वाचन प्रणालीतर्फ २० लाख ३४ हजार ३ सय ५४ (६२.६) प्रतिशत मतदान भएको थियो । जसमध्ये १९ लाख ४२ हजार ९ सय ७७ (९५.५१) प्रतिशत मत सदर भएको थियो । भने, ९१ हजार ३ सय ७७ (४.४९) प्रतिशत मत बदर भएको थियो । सोही सभाको समानुपातिक निर्वाचनमा २० लाख ३४ हजार १ सय ६ (६२.५९) प्रतिशत मतदान भएको थियो । जसमध्ये १८ लाख ८७ हजार ७८ (९२.७७) प्रतिशत मत सदर भएको थियो भने, १ लाख ४७ हजार २८ (७.२३) प्रतिशत मत बदर भएको प्रतिवेदनमा जनाइएको छ ।
प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १.५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सो व्यवस्था अनुसार लुम्बिनी प्रदेशमा १० वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व हुने भएको छ । प्रतिवेदन पेस कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले संवैधानिक प्रक्रिया अनुसार निर्वाचन मत परिणाम आएको सात दिनभित्र बुझाउनुपर्ने प्रतिवेदन यसअघि मङ्सिर २९ गते राष्ट्रपति समक्ष पेस गरिसकिएको र प्रदेशमा प्रदेश प्रमुखलाई बुझाउनुपर्ने भएकाले बुझाइएको बताए ।
कार्यक्रममा प्रतिवेदन ग्रहण गर्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले। देशमा सङ्घीयता व्यवस्था फलिफाप छैन, भन्नेहरूको कमी नभएका वेला सम्पन्न निर्वाचन परिणामले सङ्घीयता व्यवस्थालाई आमजनताले आफ्नो मत दिएर पुष्टि गरेकोमा खुसी भएको व्यक्त गरे ।उनले विगतका निर्वाचन र अहिलेको निर्वाचनमा आफूले धेरै सहज एवं फरक अनुभव सं लागेको जनाउँदै सरल प्रक्रिया बनाएर निर्वाचनमा जनतालाई सहजता प्रदान गरेकोप्रति निर्वाचन आयोग र आयुक्त लगायतलाई धन्यवाद दिए । यो सँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँलाई अदालत लगियो
-
इन्डियन प्रिमियर लिगको मेगा अक्सन आजदेखि
-
सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व : मन्त्री यादव
-
मेस्सीकै पूर्वसहकर्मी मास्चेरानो इन्टर मियामीको नयाँ प्रमुख प्रशिक्षक !
-
हिरासतबाट दुर्गा प्रसाईंले लेखे समर्थकलाई पत्र
-
गरिब देशका लागि ३ खर्ब डलर छुट्ट्याउने निर्णयसहित सकियो कोप-२९