विश्वप्रकाशमा मैले बिपीको गुण पाएँः राजेशपायल राई

गायक राजेशपायल राईले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई विश्वेश्वरप्रसाद कोइरालासँग तुलना गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महामन्त्री शर्मामा विश्वेश्वरप्रसाद कोईरालाका अधिकांश गुणहरु भएको बताएका हुन् ।
उनले कसैले उदाहरण दिँदा विश्वेश्वरप्रसाद कोईराला जस्तो होस् भन्ने गरेको भन्दै विश्वेश्वरप्रसाद कोईरालाको गुण आफूले विश्वप्रकाश शर्मामा पाएको बताए । उनले भने, ‘नेपाली काँग्रेसमा हामीले जसरी कहिले काहीँ बिपी जस्तो भन्छौँ, मलाई लाग्छ त्यो नेतामा हुनुपर्ने गुणा विश्वप्रकाशमा देखेको छु । जिल्लावासीले जिताइसकेपछि पनि मैले होइन, तपाईहरुको जित हो भन्ने व्यक्ति कहाँ पाइन्छ । नत्र जितेपछि मैले जितेँ भनेर घमण्ड देखाउँछन् । हामीले भ्रम पालेर बस्नु हुँदैन । हामीले आफूलाई राम्रो प्रमाणित गर्न सक्नुपर्छ ।’
गायक राईले सबै मानिसले आफूमा भएको भ्रमलाई त्यागेर आफूलाई समाज र राष्ट्रको लागि राम्रो बनेर प्रमाणित गर्न सक्नुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?