प्रभावकारी भूमिका निर्वाह गर्न काँग्रेस सांसदहरूलाई प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरूलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाई दिँदै सो निर्देशन दिएका हुन् ।
प्रतिनिधिसभामा निर्वाचित सबै सांसदहरूलाई प्रधानमन्त्री देउवाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देश गर्नु भएको सञ्चारमन्त्री समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनले काँग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढ्न आफूहरूले चाहेको पनि स्पष्ट पारे । मन्त्री कार्कीले भने, ‘यो कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीजीले संसद्मा, प्रतिनिधिसभामा सबैलाई प्रभावकारी भूमिका निर्वाह गर्नका लागि निर्देश गर्नु भएको छ । अरू राष्ट्रिय राजनीतिको बारेमा गठबन्धन जारी छ । गठबन्धनलाई जनताले अनुमोदन गरेका छन् । र, चाँडै नै गठबन्धनको बैठक बसेर अरू कुराहरूको निर्णय हुनेछ । र, त्यो निर्णयको जानकारी म तपाइहरूलाई गराउनेछु । तपाईं अनुमान गर्न सक्नुहुन्छ । गठबन्धनको बैठक भइसकेपछि त्यसको निर्णय मात्रै मैले तपाईंहरूलाई जानकारी गराउन सक्दछु । गठबन्धनकै नेतृत्व सरकार बन्छ । हामी सबैलाई समेटेर राष्ट्रिय एकताका साथ अघि बढ्न चाहन्छौँ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु