भारतले न्यायालय भित्रैबाट राष्ट्रपति बनाउने षडयन्त्र गरिरहेको छ : बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालय भित्रैबाट राष्ट्रपति बनाउने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालय भित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यस विरुद्ध लड्न तयार रहन समेत आह्वान गरेका हुन् ।
भक्तपुर नगरपालिकाको ७३ औँ स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतको छायामा मुलुकको कार्यपालिका, न्यायपालिकासमेत जकडिएकाले त्यस विरुद्ध देशभक्त शक्तिहरूले सङ्घर्ष गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री बनाउने र निर्वाचनमा जिताउने काम समेत हालसम्म भारतकै निर्णय अनुसार हुने गरेको जिकीर समेत गरे । अध्यक्ष बिजुक्छेले भने, ‘राजनीतिक रूपले पनि हाम्रो कसलाई चुनाव जिताउने र कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा पनि दिल्लीबाट निर्णय हुँदै आएको छ । कृषिमा हामी बारम्बार भनिरहेका छौँ–हामीलाई रासायनिक मलको कारखाना हुनुपर्छ भनेर । कारखाना बनाउन भनेपछि मन्त्रीहरू थर्कमान हुन्छन् इन्डियाले मान्दैन भनेर । हाम्रो देशमा मल कारखाना खोल्नका निम्ति इन्डियाले मान्नुपर्ने । देशको स्थिति यस्तो छ । उद्योगधन्दाहरू बनाउने होइन भएको उद्योगधन्दाहरू निजीकरण गर्ने इन्डियाको निर्देशनमा । जलस्रोतहरू हाम्रो हो । तर त्यसको चाबी सबै इन्डियासँग छ । अहिले हामी सुन्छौँ–न्याय प्रशासनलाई राजनीतिबाट अलग राख्नुपर्ने तर न्याय प्रशासनका एक जनालाई जसरी प्रधानमन्त्री बनाइयो, अहिले राष्ट्रपति बनाउने कुरा चलिराखेको छ । यो हेर्दाखेरि सरल छ । तर यो धेरै जटिल विषय हो । त्यस कारण कार्यपालिका र विधायन पालिका समेतमा इन्डियाको छाया छ ।’
अध्यक्ष बिजुक्छेले भारतले नेपालको जलस्रोत उपयोगको चाबी समेत आफ्नो हातमा लिएको, उद्योगधन्दाहरू निजीकरण गरेर आफ्नो इसारामा चलाएको भन्दै आक्रोश समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ