आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

स्वतन्त्र पार्टी र जनमत पार्टी संघीयताप्रति प्रष्ट छैनन्– सिके लाल

शनिबार, ०२ पुस २०७९, १६ : ४३
शनिबार, ०२ पुस २०७९

राजनीतिक विश्लेषक सिके लालले नयाँ उदय भएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी संघीयताप्रति स्पष्ट नरहेको बताएका छन् । यी दुवै दलको व्यवहार हेर्दा संघीयता विरोधी मत रहेको बताउँदै उनले यी दलहरूले सुशासन र विकासको कुरा गरेपनि संघीयताको विषयमा स्पष्ट नभएको बताए ।

मार्टिन चौतारी काठमाडौँ र मधेश प्रदेश आमसञ्चार प्राधिकरणले जनकपुरमा शनिबार संयुक्त रुपमा आयोजना गरेको ‘लोकतन्त्र, संघीयता र पत्रकारिताको अभ्यास’ अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
‘हुन त एमाले पनि संघीयता विराधी नै हो’ उनले भने, ‘एमालेले गणतन्त्रलाई नै स्वीकार गरेको छैन, त्यसमा संघीयतालाई स्वीकार गर्ने कुरा नै हुँदैन ।’ काँग्रेसमा पनि एक तप्का संघीयताको विपक्षमा रहेको बताउँदै उनले संघीयताको विरोधमा राप्रपा, मजदुर किसान पार्टी, जनमोर्चालगायतका दल पनि रहेको उनले बताए ।  राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी पनि त्यहीं पथमा हिँडेको उनको आरोप छ ।

‘सिके राउत नेतृत्वको जनमत पार्टीको राजनीतिक प्रतिवद्धता के हो ? त्यो कुरा स्पष्ट छैन, त्यसकारण संघीयताप्रति त्यो पार्टीमा अन्योल देखिएको छ’ उनले भने । उनले जनमत पार्टीले सुशासन र विकासको कुरा बढी उठाएपनि अझै राजनीति प्रतिवद्धता स्पष्ट पार्न नसकेको बर्ता । उनले भने– ‘महात्मा गान्धीले भन्नुभएको छ, सुशासनले शासनको ठाउँ लिन सक्दैन, जसले सुशासन र विकासको कुरा गर्छ त्यसले स्वशासन गर्न सक्दैन ।’

 जनमत पार्टीको ठोस राजनीतिक प्रतिबद्धता हुनुपर्ने उनको भनाई छ । लालले भने– जनमत पार्टीले किसानले मल पाएनन्, भ्रष्टाचार बढ्यो लगायतका कुरा उठाउँछ तर यसले प्रत्येक व्यक्तिको अधिकारलाई सुनिश्चित गर्न सक्दैन, सबैको अधिकारलाई सुरक्षित गर्नका लागि एउटा ठोस राजनीति प्रतिवद्धता चाहिन्छ ।’ जनमतको व्यवहारले पनि संघीयतामाथि शंका उब्जाएको विश्लेषक लालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप