शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लमही–घोराही–तुलसीपुर चार लेन सडक छिटो बनाउन नेकपाको माग

शनिबार, ०२ पुस २०७९, १६ : ३२
शनिबार, ०२ पुस २०७९

नेपाल कम्युनिस्ट पार्टी दाङले लमही–घोराही–तुलसीपुर चार लेन सडक निर्माण छिटो गर्न माग गरेको छ । यो सडक निर्माण अविलम्ब नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।  नेकपा दाङका सेक्रेटरी जनक सीले प्रेस विज्ञप्ति जारी गर्दै लमही–घोराही–तुलसीपुर चार लेन सडक निर्माणमा लापरबाही भएको बताए ।  विज्ञप्तिमा उनले निर्माणमा ढिलासुस्ती गरे चरणबद्ध आन्दोलन र संघर्षमा जाने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘लमही–घोराही–तुलसीपुर फोर लाइन सडक निर्माणमा भइरहेको लापरबाही र ढिलासुस्तीका कारण हजारौं जनताले दुःख पाउनुका साथै सडकको धुलोले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।

सम्बन्धित सरोकारवाला निकायको लापरबाहीको कारण जनतालाई पर्न गएको असरप्रति नेपाल कम्युनिस्ट पार्टी दाङको ध्यानाकर्षण भएको छ । सम्बन्धित परियोजना, निर्माण व्यवसायी, सरकारी निकाय यस विषयमा जिम्मेवारी पूर्ण रुपमा सडक निर्माणमा लागून् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप